काठमाडौं, २५ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपाल क्यान्सर हस्पिटल ललितपुरमा कमजोरी आर्थिक स्थिति भएका विरामीहरुलाई निशुल्क रुप्मा उपचार गर्नमा मद्दत पुगोस भन्ने उद्देश्यबाट दुई लाख पचास हजार आर्थिक सहयोग प्रदान गरिएका छन् ।
कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगका बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत रुपमा सामाजिक उत्तर दायित्व निर्वाह गर्न नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।
अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली नागरिकहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिएको कम्पनीका सचिव उमा जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।