नयाँ दिल्ली । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केन्द्र निति नियम एवं निर्देशनको पालना गर्दै ‘हर घर तिरंगा’ अभियानलाई भारत–चीन सीमामा रहेको राज्यको चमोली जिल्लाका आदिवासी गाउँहरूमा अभियान चलाएको छ ।
सेनाका जवान र गाउँका बासिन्दाले राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा लगाएर अभियानमा सहभागी भएका थिए । धामीले ‘हर घर तिरंगा’ लाई प्रत्येक व्यक्तिको अभियानको रुपमा रहेको भने ।
हातमा राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा गर्दै सेनाका जवान र झण्डै एक दर्जन आदिवासी गाउँका बासिन्दाहरू उत्साहका साथ अभियानमा सामेल भए । यहाँबाट करिब एक सय किलोमिटर टाढाको सीमावर्ती गाउँ मलारीमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कैलाशपुर, महरगाउँ, कोशा, द्रोणागिरि, नीति, बम्पा, गमशाली, फारकिया, झेलम, कागा, गरपाक, मलारी लगायतका सीमावर्ती गाउँका जनजाति पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो ।
‘हर घर तिरंगा हरेक व्यक्तिको अभियान बनेको छ,’ धामीले भने ।
स्थानीय आदिवासी महिलाले मुख्यमन्त्रीको हातमा रक्षासूत्र बाँधेर परम्परागत पौना नृत्य प्रस्तुत गरी स्वागत गरेका थिए । पिटिआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन