चन्द्रागिरी नगरपालिकामा “आइएमई पे” को माध्यमबाट विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ

389 Shares

काठमाडौ, २६ साउन । “आइएमई पे” ले चन्द्रागिरी नगरपालिकामा विद्युतिय कर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।
आइएमई ग्रुप पानी पोखरी काठमाडौंद्धारा जारी गरिएको विज्ञप्तीका अनुसार, चन्द्रागिरी नगरपालिकाको नगर प्रमुख घनश्याम गिरीले आईतवार “आइएमई पे” एपको प्रयोग गरेर विद्युतीय कर भुक्तानी सेवाको उदघाटन गरेको हो ।
विद्युतीय सेवा मार्फत चन्द्रागिरीका नगरवासीहरुले घर बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर घरमै बसेर विना झण्झट सजिलै संग अनलाईनमा “आइएमई पे” एप मार्फत तिर्न सक्नेछन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकार सँग समन्वयमा डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउदा आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि भएको विश्वास व्यक्त गरे । नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरी नगरपालिका सँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।
प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको “गभरमेन्ट” मा गइ “लोकल गभरमेन्ट” रोजी “चन्द्रागिरी नगरपालिका” मार्फत आफ्नो कर तिर्न सक्ने व्यवस्थापन गरिएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा ः–
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको “आइएमई पे” आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवाप्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले “आइएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार