सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु

279 Shares

रौतहट, २६ साउन । सर्लाही र बारामा बुधवार डुबेर २ जनाको मृत्यु भएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर ५ भाँडसर स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माइती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको आज दिउँसो मृत्यु भएको हो ।
यस्तै बाराको कलैया उपमहानगरपालिका १२ धर्मनगर स्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिलादेवीकी १८ महिनाको छोरी सुरजीकुमारी मलिकको प्रहरीले जनाएको छ ।
डुबेर अचेत भएकी बालिकाको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार