अमेरिकाले भारतलाई दुई वटा २४ एमएच ६० रोमियो एन्टी सबमरिन हेलिकप्टर पठाए

430 Shares

नयाँ दिल्ली । भारतले रक्षा क्षेत्रमा अविश्सनिय स्थान हाँसिल गर्न सफल भएको छ । सुरक्षा व्यवस्थामा आत्मनिर्भर बन्दै भारतलाई अमेरिकाले २४ एमएच ६० रोमियो बहु मिशन हेलिकप्टरहरु दिदा थप सुरक्षा भारतको बलियो भएका छन् ।
२४ एमएच ६० रोमियो हेलिकप्टरहरु हेलिफायर मिसाइलहरु र घातक रकेट प्रणालीबाट लैस रहेका हुन् । भारतीय नौ सेनाका अधिकारीहरुले २ हेलिकप्टरहरु विहिवार कोचिन विमानस्थलमा पठाइएको र थप हेलिकप्टरहरु अर्को महिना अमेरिकाले पठाउने जनाइएको छ ।
पहिलो तीन एमएच ६० रोमियो हेलिकप्टर २०२१ मा अमेरिकामा डेलिभर गरिएको थियो र भारतीय नौसेना चालक दलको प्रशिक्षणको लागि प्रयोग भइरहेको छ ।
सबै २४ एमएद्ब ६० आर हेलिकप्टरहरूको डेलिभरी २०२५ सम्म पूरा हुनेछ। अत्याधुनिक मिसन सक्षम प्लेटफर्महरूको समावेशले भारतीय नौसेनाको अभिन्‍न पनडुब्बी विरोधी युद्ध क्षमतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ,ु एक अधिकारीले भने ।
बिहीबारको डेलिभरीसँगै भारतीय नौसेनालाई हस्तान्तरण गरिएका हेलिकप्टरको कुल संख्या पाँच पुगेको छ ।
लकहिड मार्टिन कर्पोरेशनद्वारा निर्मित एम एच ६० आर हेलिकप्टर अत्याधुनिक एभियोनिक्स र सेन्सरहरू सहित धेरै मिसनहरूलाई समर्थन गर्न डिजाइन गरिएको सबै मौसमका लागि उपयुक्त हेलिकप्टर हो । भारतले विदेशी सैन्य बिक्रीको ढाँचा अन्तर्गत अमेरिकी सरकारसँग करिब १५ हजार करोड रुपैयाँको सम्झौताको एक हिस्साको रूपमा हेलिकप्टरहरू खरिद गरिरहेको छ ।
नौसेनाले यो हेलिकप्टरहरूलाई एन्टि पनडुब्बी युद्ध, एन्टीशिप स्ट्राइक, विशेष समुद्री अपरेसनका साथै खोज र उद्धार कार्यहरू सहित भूमिकाको दायरामा तैनाथ गर्न सक्षम हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार