बेइजिंग । चीनका लागि नेपाली राजदूतको नियुक्त भएका विष्णुपुकार श्रेष्ठले आफनो ओहोदाको प्रमाण पत्र बुझाउन जाँदा राष्ट्रपति नभई अन्य उप सचिव स्तरको कर्मचारी समक्ष ओहोदाको प्रमाण बुझाउन लगाई उनको अपमानपूर्ण व्यवहार गरेका छन् ।
नेपालीहरुले असल छिमेकी भने पनि नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेका राजदूत विष्णुपुकार श्रेष्ठलाई चीनले अपमानजनक व्यवहार देखाएको हो ।
सामान्यतया नयाँ राजदूत नियुक्त भएर आएपछि राष्ट्राध्यक्ष अर्थात राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने गरिन्छ । उपराष्ट्रपतिले समेत ओहदाको प्रमाणपत्र बुझ्न मिल्दैन । यसअघि एकैपटक ९ देशका राजदूत नियुक्त गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङले ओहदाको प्रमाणपत्र बुझेका थिए । तर चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई चिनियाँ राष्ट्रपतिले समय नै दिएनन् । श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपरेको छ । एउटा सहसचिवलाई ओहदाको प्रमाणपत्र बुझाउँदा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरुले अपमानित महसुस गरेका थिए ।