आत्मघाती हमलामा परेर तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु

449 Shares

काबुल, २७ साउन । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती हमलामा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।
आत्मघाती हमलामा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हो । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।
अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।
अफगानिस्तानमा भइरहेको विस्फोटको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार