डिसिजन टु लिभ दक्षिण कोरियाली फिल्म ओस्कारको लागि छानियो

403 Shares

दक्षिण कोरियाले सन् २०२३ को आगामी संस्करणमा पार्क चान वुक निर्देशित फिल्म ‘डिसिजन टु लिभ’ लाई ओस्कार पुरस्कारको लागि छानेको छ ।
खोजबिनबारे बनेको यो रोमान्स ड्रामा फिल्म ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधाको लागि छानिएको हो ।
फिल्ममा एक प्रहरी जासूसले रहस्यमय हत्याको यथार्थ पत्ता लगाउन गर्ने अनुसन्धानको कथा भन्छ । जासूस चरित्र पार्क हुनको भूमिकामा पार्क हे एलले अभिनय गरेका छन् । यो मुख्य चरित्रले अभिनेत्री ताङ वेइद्वारा चित्रित सियो रेइ चरित्र जो चिनियाँ विधुवा हुन्, उसलाई पछ्याउँछ । हे जुन चरित्रले एक रहस्यमय हत्याको अनुसन्धान थालेपछि यी दुई जनाको भेट हुन्छ । सियो रेइका पति, जसको पहाडबाट खसेर मृत्यु भएको थियो ।
यही फिल्मबाट निर्देशक पार्कले सन् २०२२ को कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशन विधा जितेका थिए । यसैबीच, नेपालले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म सिफारिस गर्नेबारे तयारी गरिरहेको छ । चाँडै फिल्म आह्वान गर्ने तयारी भएको नेपालको ओस्कार सिफारिस कमिटीका एक सदस्यले जानकारी दिए ।
सेप्टेम्बर २५ सम्म नेपालले फिल्म पठाइ सक्नु पर्नेछ । ओस्कारको आगामी संस्करण भने सन् २०२३ को मार्च १२ मा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार