373
Shares
जनकपुरधाम, २९ साउन । प्रहरी समायोजनको बिषयलाई लिएर मुख्य मन्त्री सहित मधेश सरकारको मन्त्रीहरु आइृतवार विहानै देखि प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् ।
प्रहरी समायोजन गर्न संघिय सरकार इमान्दार नरहेको भन्दै मधेश सरकारका मुख्यि मन्त्री लाल बाबु राउत सहितका मन्त्रीहरु धर्नामा बसेका हुन् ।
शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको मार्फत आन्दोलन घोषणा गरेका थिए । मन्त्री साहले पहिलो चरणको कार्यक्रम अन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना गरिने जानकारी दिए ।
आइतबारको धर्नामा मुख्यमन्त्री लालबाबु राउत, सञ्चारमन्त्री भरतप्रसाद साह लगायत मन्त्रीहरू ब्यानरसहित सहभागी बसेका छन् ।