बलात्कार, हत्या एवं महिला हिंसा विरुद्ध महिलाहरुको गौरमा प्रदर्शन

रौतहट, ९ फागु । महिला माथि हुने गरेको श्रंखलावद्ध रुपमा भईरहेको बलात्कार, हत्या जस्ता हिंसा विरुद्ध नेकपा दहाल नेपाल समुह संग आबद्ध रहेकी अखिल नेपाल महिला संघ रौतहटद्धारा आईतवार गौरमा वृहद प्रदर्शन गरेका छन् ।
तत्कालिन संसदीय विकास समितिको सभापति कल्याणी खण्ड्का, विघटित प्रतिनिधि सभाको सदस्यहरु सरला यादव, नुरजहा खातुन, देवकी नेपाल, विद्यार्थी नेतृ प्रतिक्षा कार्की सहित सयौं महिलाहरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कार्यकालमा नेपाली चेलीवेटीहरु असुरक्षित रहेको, दिनदिनै बलात्कार गरेर हत्या गर्ने श्रृंखलामा बढदै गएको, अपराधी खुलेआम घुमिरहेको राज्यद्धारा नै पृष्ठपोषक बनेको आरोप लगाउदै गौर नगरमा वृहद प्रदर्शन गरिएका हुन् ।
निर्मला पन्त, भागरथी भट सहित दर्जनौ चेलीवेटीहरुको बलात्कार गरेर हत्या भईरहनु तर दोषिहरुलाई राज्यबाट नै संरक्षण दिनुबाट ओली सरकार प्रतिगमन मात्रै नभई महिलाको अस्मिता लुट्ने तानाशाह बन्दै जाँदा ओलीलाई समयमै हटाइएन भने मुलुकमा चरम द्धन्द संघर्षहरु सृजना हुने चेतावनी महिलाहरुले दिएका छन् ।
सत्ता मोहका लागि संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई धरापमा पार्ने कुटिल षड्यन्त्र गरेको हँुदा त्यस्ता प्रतिगमनकारीलाई सबक सिकाई मुलुकमा दिगो शान्ति स्थापनार्थ नेपाली जनताहरु घरबाट बाहिर निस्कनु पर्ने समय आइसकेको महिला नेतृ कल्याणी खड्काले बताइन् ।