रौतहट, २९ साउन । पछिल्ला समयमा तराई मधेशका जिल्लाहरुमा संस्थागत रुपमा तस्करी कार्य मौलाउदै गएका छन् ।
रौतहटको पश्चिमी, पुर्वी, मध्य भेगको सीमावर्ती क्षेत्रबाट संस्थागत रुपमा तस्करी कार्य मौलाउदै गएको हो ।
भारत संग सीमा जोडिएका रौतहटको इशनाथको बन्जरहा, महुलिया, लतमरी, खाप, परोहाको नरकटिया, बौधीमाईको बंकुल, गौर, महादेवपटी, लक्ष्मिपुर, ब्रम्हपुरी भएर अहिले राजनीतिक संरक्षणमा संस्थागत रुपमा तस्करी कार्य फस्टाउदै गएको हो । संस्थागत तस्करी सुरक्षाकर्मीको मिलोमतोमा जारी रहेको बताइएका छन् ।
किसानहरुलाई चाहिने रासायनीक मलको बहानामा चिनी, लत्ताकपडा, रेडिमेट कपडा, सुर्ती, सुर्ती जन्य बस्तुहरु, गुटखाहरु, रजनीगन्धा, इलेक्ट्रोनिक्स सामग्री, खाने तेल, कस्मेटिक सामान, हार्डवेयरका सामानहरु, मोटर पार्टसहरु, भारतबाट निर्वाध रुपमा नेपाल भित्रने गरेको छ भने नेपालबाट छोकरा, कालो मरिच, गाँजा, चरेश, मदिरा लगायतका बहुमूल्य जडिवुटीहरु भारत तर्फ जाने गरेका छन् ।
यस्ता अबैध कारोवार संचालन गर्नमा राजनीतिक दलको संरक्षण प्राप्त रहेको र त्यसलाई सुरक्षाकर्मीहरुको मिलोमतोमा अबैध धन्धा रौतहट सहित तराई मधेशका जिल्लाहरुमा फस्टाउदै गएको छ । सुरक्षाकर्मीलाई रकम नदिएको खण्डमा वेलाबखतमा नियन्त्रणमा लिई संचारकर्मीहरु मार्फत यति बराबरको सामानहरु नियन्त्रणमा लिएको भन्दै भन्सार पठाई चोखिने कार्य पनि जारी रहदा दैनिक रुपमा करोडौंको राजस्व चुहावट भईरहेका छन् ।
बारा जिल्लाको कचोर्वा, सिम्रौनगढ, तेलकुवा भएर यस्ता सामानहरु निर्वाध रुपमा आउने गरेको तथा त्यतीकै मात्रामा नेपालबाट भारत तर्फ जाने गरेका छन् । उक्त कार्यमा कचोर्वा, सिम्रौनगढ, तेलकुवाका सुरक्षाकर्मीहरुको संलग्नता अबैध गोरख धन्धाहरु संस्थागत रुप लिदै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
तस्करी कार्यमा संलग्न रहेका एक कारोवारीका अनुसार अहिले महिला एवं पुरुषहरु यस्ता कार्यमा संलग्न भएर कम रेटमा सामानहरु ढुवानी गर्दा आफूहरुलाई सामान पाउन छाडेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाहरुले यति मान्छेहरुलाई लाइन बाडेको छ के भन्ने ? हामी अहिले बसेर नै दिन काट्नु परेको ति व्यक्तिले यसरी गुनासो पोखे ।
सर्लाही, महोत्तरी, धनुषा, पर्सा लगायतको मधेश प्रदेशको सबै जिल्लाहरुमा तस्करी कार्य संस्थागत रुपमा लिएको छ । सुरक्षा प्रमुखहरु आउदा सबै कार्यलाई नियन्त्रण गर्ने दाबी त गर्छन तर लक्ष्मिकान्तको सामु सबै नकमस्तक भई त्यसै कार्यमा समपर्ण हुने गरेको हुँदा तराई मधेशका जिल्लाहरुमा सीमापारको अबैध कारोवार नियन्त्रण हुन गाहे भएको छ ।
भन्सार एजेन्टहरु अहिले बसेरै समय व्यतित गर्नु परेको छ । सबै कार्यको ढुवानी तस्कर मार्फत भईरहदा लिगत कारोवारमा निकै गिराबट आएको छ । कपडा लगायतको सामानहरु ल्याउन एलसी मार्फत रकम पठाउनुपर्ने प्रावधानको कारण व्यापारीहरु अनावश्यक झन्झटबाट टाढा भई तस्करीको माध्यमबाट सामानहरु यतिखेर मगाइरहदा हामीहरुको कारोवार चौपट हुने अवस्थामा पुगेको छ । सुरक्षाकर्मीहरु लक्ष्मिकान्त संग सम्झौता गरेको हुँदा अबैध कारोवार संस्थागत रुप लिएको उनीहरुको गुनासो छ ।