रौतहट, २९ साउन । विगत १२ बर्ष देखि अलपत्र रहेका हुलाकी सडक खण्डको वागमती नदीको पुल बन्न सुरु भएपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा निर्माणाधिन पुलको डिजाइनको कारण अलपत्रमा परेका पुलको हुलाकी राजमार्ग निर्देशनालयले दोश्रो पटक पुलको ठेक्का लगाएपछि ठेक्का पाएका निर्माण कम्पनीले निर्माण काम सुचारु गरेपछि स्थानीय बासिन्दाहरु पुल बन्न लाग्दा हर्षित भएका हुन् ।
हुलाकी राजमार्ग निर्देशनालयले ६९ करोड ९८ लाख २६ हजार १७८ रुपैया ५५ पैसा (पि.स तथा मुल्य अभिवृद्धि कर बाहेक) बोलपत्र आह्वान गर्दा महालक्ष्मी, वाईपी जेभी जनकपुर धाम धनुषाले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैया २० पैसा (पि.स तथा मुअक बाहेक) ठेक्का सकार गरेर २०७९ बैशाख ११ गते सम्झौता गरेका थिए । पुलको निर्माण कार्य, सडक निर्माण, पुलको एप्रोच र नदी नियन्त्रण कार्यका लागि २०८१ कार्तिक १० गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले जानकारी दिए ।
निर्देशक झाका अनुसार १७ स्पान भएको पुलको लम्बाई ६३४ मिटर हुनेछ, एप्रोच सडकको लम्बाई १५८० मिटर तथा नदी नियन्त्रणको लम्बाई २२४१ मिटरको कार्य निर्धारित समयमा पुरा गर्नुपर्ने छ ।
लम्बनी विल्डर्सको फर्मबाट पप्पु कन्ट्रक्सनले ठेक्का लिएपछि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक पूर्वधार मन्त्री विजय गच्छेदारद्धारा शिलान्यास गरिएको बडहर्वा—छतौना सडक खण्डमा पर्ने वागमती नदीमा निर्माणाधिन पुलको स्पानहरु तयार पारिएर बर्षौ देखि त्यसै छाडिएका थिए । उक्त ठेक्कालाई रद्द गरेर नयाँ ठेक्का मार्फत काम सुरु भएपछि त्यस भेगका बासिन्दाहरु हर्षित भएको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक झाले भने ।
पुलको चौडाइ ६ मिटरबाट बढाएर ७ बनाउने तयारीमा निर्देशनालयले कन्सल्टेन्टलाई भार थेग्न सक्ने÷नसक्ने भन्ने यकिन गर्न जिम्मा दिएको छ । मधेसका सदरमुकामलाई जोड्ने महत्वाकांक्षी परियोजना अन्तर्गत पुल बनाउन थालिएको थियो । निर्माणकै क्रममा पुलभन्दा ८ सय मिटर पूर्वमा धार परिवर्तन गरेर नदी बग्न थाले पछि काम रोकिएको थियो ।
लामो समयसम्म निर्माण कम्पनी र निर्देशनालय बीच काम थाल्न छलफल भए पनि सहमति भएन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएको र लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेकाले एकतर्फी ठेक्का तोडेको जानकारी गराए । तत्कालको अवस्थाभन्दा निर्माण सामानको भाउ अकासिएकाले पुरानै दरमा काम गर्न नसक्ने उनको भनाइ थियो ।
निर्माण कम्पनीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेपछि अदालतले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन आदेश दिएको थियो । ठेकेदार कम्पनीले लुम्बिनीले त्यतिबेला ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । लुम्बिनीको फर्मबाट ठेक्का पप्पु कन्स्ट्रक्सनले सकार गरेर निर्माण सुरु गरेको थियो ।
ठेक्का सकार गर्ने बेला पप्पु कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा परेको थियो । लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० काम सक्ने जनाएको थियो ।
पुलको अभावमा नदी पारी खेतीकिसानी गर्ने स्थानीयहरु डुंगा चढेर वारिपारी गर्ने गर्न बाध्य छन् । पुलको निर्माण एवं सडक एप्रोचको कार्य सर्लाही तिरबाट सुर भएपछि त्यस भेगका बासिन्दाहरु निकै हर्षित भएको नदी पारी बडहर्वाका बासिन्दा ललन ठाकुरले बताए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन