240
Shares
काहिरा । इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना एकै साथ प्रार्थना गरिरहेको अवस्थामा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको हो ।
आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ । अग्नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागीमा परेर ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन