593
Shares
नयाँ दिल्ली । १५ अगस्त अर्थात भारतको ७५ औं स्वतन्त्रता दिवश धुमाधाम एवं हर्षोउल्लासका साथ भारतभरी मनाउदै छ ।
यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुगलकालीन प्राचिन लाल किल्लामा तिरंगा झण्डा फहराएपछि देशबासीलाई सम्बोधन गरेका हुन् ।
उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गरे । सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहेको थियो ।