वन रक्षक टोलीले चार राउण्ड हवाई फायर गरेर चिरान काठ नियन्त्रणमा लिए

   ९ फाल्गुन २०७७, आईतवार १७:१०  

रौतहट, ९ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकाको ननथर वन क्षेत्रबाट अबैध रुपमा चिरान काठ पिकअपमा लोड गरी लैजादै गरेको अवस्थामा वन गस्ती टोलीले शनिवार राति चार राउण्ड गोली हवाई फायर गरेर नियन्त्रणमा लिएको छ ।
पुर्व पश्चिम राजमार्ग देखि उत्तर चुरे फेदीमा रहेको पौराई सव डिभिजन अन्तर्गतको नुनथर वन क्षेत्रबाट बा. १६ च. २२३३ नम्वरको पिकअपमा सालको काठको चिरान लोड भइरहेको सुचना डिभिजन वन कार्यालयमा प्राप्त हुँदा तत्कालै वन अधिकृत रौतहटमा वन गस्ति टोलीले गएराति चन्द्रपुरबाट काठ सहित अमरदेव यादवको नेतृत्वमा गएको गस्ती टोलीले उक्त काठ सहितको पिकअप नियन्त्रणमा लिएको हो ।
गस्ति टोलीले नुनथरबाट मकवानपुरको फाफरवारी जाने बाटोमा पर्ने मसला घारी भन्दा केहि टाढा नहरबाट नियन्त्रणमा लिन सफल भएको छ । काठ सहितको जिप नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षक टोलीले ४ राउण्ड फायर गरिएको र एक राउण्ड गोली पिकअपमा लागेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए ।
काठ तस्करहरुको समुहलाई सशस्त्र वन गस्ती टोलीले घेरा हालेपछि उक्त समुहले पिकअप छाडी हवाई फायर खोलेपछि वन रक्षक टोलीले प्रतिकारात्मक जवाफी कारवाही गर्दा उनीहरु भागेको उनले बताए ।
पिकअप भ्यानमा लोड गरिएको चिरान काठ ४६ थान साल जातको ५३.८२ क्युफिट रहेको उनले बताए । २ लाख ७० हजार मूल्य बराबरको काठ रहेको तथा फरार रहेका काठ तस्करहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै