काठमाडौं, १ भदौं । आइएमई कम्पेक्स परिसर पानी पोखरी काठमाडौंमा गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोतोलन गरी मनाइएको छ ।
आइएमई कम्पेक्स परिसर पानी पोखरीको हाता भित्र बुधवार आयोजित कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दुत एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोतोलन गरी ७७ औं स्वतन्त्रता दिवश मनाइएको हो ।
झण्डोतोलन कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकाले इन्डोनेसियाको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा नेपा र गणतन्त्र इन्डोनेसिया बीच सुमधुर सम्बन्ध रहेको र अगामी दिनहरुमा यसलाई अझ प्रगाढ बनाउदै जनस्तर सम्म पुर्याउने लक्ष्यका साथ आफू अघि बढेको बताए ।
दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदान प्रदानबाट दुबै देशका जनताहरु तथा सरकारले फायदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोमा यो सम्बन्धलाई अझै प्रगाढ एवं मजबुत बनाउनु पर्नेमा जोड दिदै स्वतन्त्रता दिवशको अवसरमा शुभकामना व्यक्त गरे ।
नेपाल र गणतन्त्र इन्डोनेसिया बीच सन् १९६० मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको चर्चा अवैतनिक वाणिज्य दूत ढकालले गरे । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको सबै भन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपाल र इन्डोनेसिया बीचको व्यापारीक परिमाण पनि ठूलो रहेको छ ।
दुई देश बीच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।
झण्डोतोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन