नियमविपरित कोभिड–१९ को जोखिम भत्ता बुझेकालाई फिर्ता गर्न महालेखाको ठहर

442 Shares

रौतहट, १ भदौं । नियमविपरित सरकारी अस्पतालको अतिरिक्त भत्ता बुझेर राज्यलाई नोक्सानी पुर्याएको ठहर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रौतहटको चन्द्रपुर स्थित सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरु कोभिड – १९ को समयमा अतिरिक्त कामै नगरी सो वापत भत्ता बुझेको ठहर गर्दै महालेखा परीक्षकको प्रतिवेदनले फेला पारेर लिएको रकम फिर्ता गर्न सुझाव दिएको हो ।
चन्द्रपुर अस्पतालमा कार्यरत १९ जना चिकित्सक लगायतका स्वास्थ्यकर्मीले ओभर टाइम देखाएर खटेको भन्दै ३६ लाख ४५ हजार ८ सय ८३ रुपैयाँ अतिरिक्त भत्ता बझेका थिए । भत्ता लिएकाहरु मध्ये चिकित्सक जहुर राइन, देवशंकर पासवान र धर्मेन्द्र पटेलको करार म्याद सकिसकेको छ । उनीहरुले बुझेको अतिरिक्त भत्तासमेत फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
अतिरिक्त भत्ता लिने स्वास्थ्य कर्मचारीले दैनिक रुपमा बिहान, साँझ र रातिलाई ३ सिफ्ट अतिरिक्त समयमा काम गरेको भनी सिफ्टलाई दिनमा परिणत गरेर रकम बुझेका छन् । १ दिन बराबरको तलब भुक्तानी गर्न मिल्ने आधार तथा जनशक्ति कम भई अतिरिक्त समय काममा खटाएको आधार कागजात र कार्यमूल्याकन, विद्युतीय हाजिर पेस नभएको महालेखाले प्रमाण फेला पारेको छ ।
महालेखाले भनेको छ, “सिफ्टमा काम गर्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मी कर्मचारीले कोभिड–१९ को जोखिम भत्ता ७५ दिनको ५० प्रतिशत बुझिसकेकाले अतिरिक्त समय भुक्तानी दिन नमिल्ने हुनाले असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।