वासिंग्टन । चिनिया विस्तारवादी नीतिको शिकार बनाउन दक्षिण अफ्रिकी मुलुक सामु राखिएको चिनियाँ प्रस्तावलाई जाम्बियाले अस्वीकार गरेको छ ।
अमेरिका बाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणमा उल्लेख गरिए अनुसार जाम्बिया समक्ष चीनले राखेको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण प्रस्तावलाई अस्वीकार गरेको हो ।
जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरु मार्फत् लिइएको जनाइएको छ ।
यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ बीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेज बारे सम्झौता भएको थियो ।
विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋणको पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चा माझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेपछि विस्तारवादी मुलुकलाई ठूलो झट्का लागेका छन् ।