श्रीलंका पछि बंगलादेश माथि चिनको नजर

283 Shares

भारतीय उप महादिपमा चिनियाँ निगरानी बढिरहेको छ । आर्थिक संकटमा परेका देशहरुमा ऋणको प्रलोभनमा पारेर उक्त मुलुकहरुलाई कंगाल बनाउने कार्यमा माहिर रहेको उत्तरी छिमेकी मुलुक अव श्रीलंका पछि बंगलादेश माथि गिद्धे दृष्टि राखेका छन् ।

श्रीलङ्का पछि अर्को दक्षिण एसियाली देशमा पनि आर्थिक संकट र जनविद्रोहसँगै देखिएको छ । इन्धनमा एक सातामा ५० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएपछि बङ्गलादेश सङ्कटमा परेको हो । बङ्गलादेशमा भएको मूल्य वृद्धिका कारण रुस र युक्रेन बीचको युद्ध नै मानिन्छ । यो आर्थिक सङ्कटसँगै त्यहाँका नागरिक सडकमा आएर प्रदर्शन गर्न थालेका छन् ।

तरकारी बोक्ने ट्रकमा पेट्रोल हाल्न लाइन बसेका मोहम्मद नरुल इस्लाम यस्तै अवस्था भएमा आफू चाँडै माग्ने हुने चिन्ता व्यक्त गर्छन् । एक सातामै एक लिटर पेट्रोलको मूल्य ८६ टाकाबाट बढेर १ सय ३० टाका भएको हो । मट्टीतेल र डिजेलको मूल्यमा पनि ४२.५ प्रतिशत मूल्य वृद्धि भएको छ । इन्धनमा भएको यो मूल्य वृद्धिले ट्रान्सपोर्ट कम्पनीमा पछिल्लो नौ वर्षदेखि आबद्ध मोहम्मद जस्ता धेरै जनाका लागि जीवनयापन पनि धौ धौ परेको छ ।

उत्तरी सहर डिनाजपुरमा बसोबास गर्ने उनले आफ्नो गाउँमा बनेका शुद्ध खानेकुरालाई राजधानी ढाकासम्म ल्याउने काम गर्छन् । उनका दुई बच्चा छन् । वृद्ध बावुआमाका आस पनि छोरामाथि नै हुने भयो । बढ्दो मूल्य वृद्धिका कारण उसको बोसले भने उनलाई नियमित तलब दिन सकिरहेको छैन ।

जब म बजारमा जान्छु । म आफ्नो आवश्यकता अनुसार सामान खरिद गर्न सक्दिन । मेरा लागि छोरा छोरीलाई स्कुल पठाउन पनि मुस्किल हुने दिन आइसक्यो’, उनले भने, ‘जागिर गयो भने त मैले सडकमै बसेर दिन बिताउनु पर्ने छ ।’ बङ्गलादेशमा १ सय ६८ मिलियनले यसै किसिमको समस्या भोगेका रहेका छन् ।

अन्य देश जस्तै बङ्गलादेश पनि अहिले मूल्य वृद्धिको समस्याले आक्रान्त छ । मूल्य वृद्धिका कारण हरेक वस्तु किन्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रिय कारणले आएको यस परिस्थितिमा केही गर्नै नसक्ने अवस्था सृजित भएको त्यहाँका ऊर्जा मन्त्री नस्रुल हमिदले बताए ।

राज्यले केही गर्न नसकेको आरोपलाई निराधार बताउँदै उनले केही समुदायलाई राहत कार्यक्रम नै अगाडि ल्याएको बताए । उनले विश्वव्यापी रूपमा मूल्य केही घटेमा नयाँ केही सोच्ने बताएका छन् ।

मूल्य वृद्धिको समाचार प्रकाशमा आएसँगै पेट्रोल पम्पको वरपर नै विरोध प्रदर्शन भएको छ । ती विरोध प्रदर्शनले श्रीलङ्कामा भएका प्रदर्शन कै झझल्को दिने गरेका छन् । अहिलेसम्म बङ्गलादेशमा भएको विरोध शालीन देखिन्छ । तर, त्यहाँका नागरिकमा प्रत्येक दिन आक्रोश बढेको छ । बङ्गलादेशमा विदेशी मुद्राको सञ्चय घट्दै गएको छ । तर, पनि नस्रुल हमिद आफ्नो देशमा श्रीलङ्काको जस्तो अवस्था आउने कुरा अस्वीकार गर्छन् ।

गत जुलाई महिनामा तीव्र गतिमा आर्थिक वृद्धि भएका कारण बङ्गलादेशको अर्थतन्त्रको संसार भर नै प्रशंसा गरिएको थियो । अहिले अवस्था फेरिएको छ । यो देश अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने तेस्रो दक्षिण एसियाली देश बनेको छ । यस अगाडि संकट धान्नका लागि श्रीलङ्का र पाकिस्तानले ऋण लिएका थिए ।

अहिले त त्यहाँको समस्या बढेको बढ्यै छ । मोहम्मद जाकीरा सुल्तानाका लागि बस भाडा अभावमा आफ्नो बिरामी बच्चालाई नियमित उपचार गराउन लैजान कठिन भएको छ । उनले खाद्यान्नमा पनि मूल्य वृद्धि भएका कारण जीवन यापन नै कठिन भएको बताएकी छन् ।

‘बस भाडा मात्र होइन बजारमा हरेक कुराको मूल्य वृद्धि भएका कारण मेरो जीवन यापन साँच्चै कठिन भएको छ’, उनले भनेकी छन् । फूलबारीमा काम गर्ने सेउली हाज्दाका लागि जीवन अझ बढी कठिन भएको छ । उनी भन्छिन्, ‘अहिलेको मूल्य वृद्धिका कारण हाम्रो किसानीले मात्र जीवन चलाउन कठिन भएको छ ।’ महंगीले हामीलाई धेरै नै मारमा पारेको छ ।

उनले बाल बच्चालाई पेट भरी खुवाउन कठिन भएको गुनासो गरेकी छन् । सेउली जस्तै समस्या बोक्ने धेरै छन् । उनीहरू भन्छन्, ‘सरकारले चाँडै नै समस्या समाधान गरेन र मूल्य वृद्धि नियन्त्रण भएन भने हामी सबै मर्न बाध्य हुनेछौँ ।’

सन् २०१९ को तथ्यांक अनुसार बङ्गलादेशमा २०.५ प्रतिशत गरिबिको रेखा मुनी थिए । त्यसो त बङ्गलादेश संसारकै बढी जनघनत्व भएको देश हो । सन् २०१९ मै सुरु भएको कोरोना महामारीका कारण संसारका अन्य देशलाई जस्तै बङ्गलादेशलाई पनि असर गरेको छ । कोरोना महामारीपछिको यो अवस्थाले त्यहाँ अझ संकट थपेको छ ।

अहिले मुद्रास्फीति सात प्रतिशत रहेको बङ्गलादेशमा कतै यो बढेर जनजीवन सङ्कटमय हुने त होइन भन्ने अर्को चिन्ता छ । त्यहाँका नागरिक बढ्दो मूल्यका कारण आजित छन् भने बङ्गलादेश पेट्रोलियम कर्पोरेसनले जुलाई महिनामा ६ महिनाको अन्तरालमा ८ अर्ब टाढा घाटा भएको जनाएको थियो ।

ऊर्जा मन्त्री हमिदले जनताले सहनुको विकल्प नभएको बताएका छन्। बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सरकारप्रति आक्रामक भएको छ । पार्टीका महासचिव मिर्जा फकरुल इस्लाम अलामगीरले सरकार असफल भएको तथा त्यहाँको अर्थतन्त्र नै असफल भएको टिप्पणी गरेका छन् ।

लगातार ६ महिना त्यहाँको मुद्रास्फीति ६ प्रतिशत भन्दा बढी थियो । जुलाई महिनामा ७.८ प्रतिशत मुद्रास्फीति पुगेको थियो । यसले गरिब परिवारलाई जीवन धान्न धेरै नै कठिनाइ परेको थियो । यो कठिनाइसँग सामाजिक अशान्तिको चुनौती थपिएको छ ।

हामी अहिले नै आवश्यकता पुरा गर्न सङ्घर्ष गरिरहेका छौं । अब हरेक वस्तुको मूल्य वृद्धि हुँदा हामी कसरी बाच्ने होला ? ’ निजी क्षेत्रमा काम गर्ने एक मजदुरले भने । पेट्रोलियम पदार्थको पछिल्लो मूल्य वृद्धिले भाडा दर र अन्य वस्तुको मूल्यमा कस्तो असर गर्ने भन्ने निश्चित छैन । गत नोभेम्बर महिनामा २३ प्रतिशत इन्धनको मूल्य वृद्धि हुँदा भाडा दरमा ३० प्रतिशत वृद्धि भएको थियो ।

अहिलेको यो विरोध प्रदर्शनमा सबैभन्दा धेरै विद्यार्थी सङ्गठनको सहभागिता छ । बङ्गलादेश फेडरलले साहबागमा रहेको सङ्ग्रहालय अगाडि विरोध प्रदर्शन गरेको थियो । त्यहाँको प्रगतिशील विद्यार्थी सङ्गठनले भिन्नै विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

बस व्यवसायीले सरकारले तत्काल उपयुक्त भाडा दर निर्धारण नगरे सेवा दिन नसक्ने जनाउँदै थालेका छन् । बङ्गलादेश जत्री कल्याण समितिले सरकारले उपयुक्त भाडा दर कायम गर्नुको विकल्प नभएको जनाएको छ । नयाँ भाडा दर कायम गर्नका लागि बङ्गलादेश सडक यातायातको आधिकारिक निकाय तथा बस व्यवसायीबीच वार्ता गरिरहेको छ ।

अहिले इन्धनमा देखिएको यो मूल्य वृद्धि इतिहासकै सबै भन्दा धेरै हो । अहिले भइरहेको हरेक विरोध प्रदर्शनमा इन्धनमा भएको यो मूल्य वृद्धि तत्काल घटाउन माग गरिएको छ । ‘अहिले सरकारले भाडा दर कायम गरे पनि यातायात व्यवसायीले दुई गुणदेखि तीन गुणासम्म भाडा आफैले बढाएर लिने गरेको पाइएको छ । यसलाई तुरुन्त बन्द गर्नु पर्छ’, सेभेन कलेज मुभमेन्टका संयोजक इस्माइल सम्राटले भने ।

कानुन व्यवसायी मोहम्मद इनुस अलीअकोन्डले इन्धनको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको विरुद्धमा अदालतमा मुद्दा दर्ता गरेका छन् । उनले आम नागरिकको धारणा लिने या उनीहरूको मत बुझ्ने काम नगरेर सरकारले मनपरी रूपले भाडा वृद्धि गरेको आरोप लगाएका छन्।

बङ्गलादेशको आर्थिक अवस्था र नागरिक विद्रोह साँच्चै चिन्ताको विषय बनेको छ । लगातार तेस्रो दक्षिण एसियाली देशमा यो संकट आएपछि अन्य देशमासमेत सावधान हुनुपर्ने अवस्था सृजना भएको छ । स्रोत : टाइम्स अफ इन्डिया, बीबीसी, रोयटर्स, इन्डियन एक्सप्रेस

प्रतिक्रिया

सम्बन्धित समाचार