साउन २४ गते देखि ९ दिनको लागि रौतहटमा निषेधाज्ञा जारी, उलंघन गर्नेलाई स्थानीय प्रशासन ऐन अन्तर्गत कडा कारवाही गरिने प्रजिअ घिमिरे

   २१ श्रावण २०७७, बुधबार ११:४५  

रौतहट, २१ साउन । समुदायमा कोरोना संक्रमितको संख्या देखा पर्न थालेपछि स्थानीय प्रशासनले आउदो साउन २४ गते देखि ३२ गते सम्म रौतहट जिल्लामा निषधाज्ञा आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बुधवार सम्पन्न भएको जिल्ला सुरक्षा समितिको वैठकबाट कोरोना भाइरसबाट जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा देखा पर्न थालेको, बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोनाको संक्रमण उच्च रहदा निषेधाज्ञा बाहेकको अर्को कुनै विकल्प नहरदा आउदो साउन २४ गते देखि ३२ गते सम्म निषेधाज्ञा लगाउने नर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
समुदायमा कोभिड १९ को संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा रोग संक्रमण ऐन २०२० को दफा २ वमोजिम साउन २४ गते देखि ३२ गते सम्म ९ दिनको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरएको छ । अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घर बाहिर निष्कन पूर्ण रुपमा निषेध, स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, ग्यास ढुवानी, औषधी, खाद्यान्न सामग्री, तरकारीको आपुर्ती बाहेक अन्य सेवाहरु निषेध गरिएको छ ।
एम्बुलेन्स, दमकल, शव बाहन, कुटनिटिक नम्वर प्लेटको सवारी साधन, दुध, खाद्यान्न दुध पानी ओसारपसारको सवारी साधन, लामो दुरीका मालवाहक सवारी साधन, अत्यावश्यक सेवाका लागि खटिने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सवारी साधन पास बाहेक अन्य निजी सवारी साधनहरु माथि पूर्ण रुपमा रोक लगाइएको जानकार प्रजिअ घिमिरले दिए । मित्रराष्ट्र भारत संगको सिमा नाका पूर्ण रुपमा सिल गर्ने ।
निषेधाज्ञा आदेशको अवज्ञा गर्ने एवं आदेश कार्यान्वयनमा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई संक्रमण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ वमोजिम कडा कारवाही गरिने उनले स्पष्ट पारे ।
गत साता राजदेवि नगरपालिकाका एक जन वडा अध्यक्ष कोरोना संक्रमित भएको पुष्टि भएपछि राजदेवि नगरपालिकामा समुदाय स्तरमा नै कोराना भाइरस फैलिएको बताइएको छ । सो नगरपालिको वडा अध्यक्ष स्वास्थ्यउपचारको क्रममा काठमाडौ जाने क्रममा हेटौडामा कोरोना परिक्षण गर्दा कोरोना पुष्टि भएका थिए । सोही दिन वडा अध्यक्षका श्रीमतिको करेन्ट लागेर मृत्यु हुदा अन्तिम श्रदाञ्जलीका लागि जानु भएका पूर्व सांसद देखि ३ सय भन्दा बढी सर्वसाधरणहरु नागरिहरु सहभागी थियो ।
सम्पर्कमा आएकाहरु मध्येको कोरोना परिक्षण गराउदा मध्ये ४ जना, गौर नगरपालिका वडा नम्वर ५ मा एक जना र चन्द्रपुर नपा २ मा १ जना गरी ६ जनामा मंगलबार कोरोना पुष्टि भएको जिल्ला प्रशासन जनाए ।
समुदायस्तरमा नै कोरोना पुष्टि भएपछि आउदो शनिवार देखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने विचको दुई दिनमा सावधानी पूर्वक समाजिक दुरी कायम गरेर मास्क प्रयोग गरी अति आवश्यक काम गर्नुपर्ने समेत प्रजिअ घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै