प्रतिनिधि सभाबाट नगरिकता विधेयक पहिलो संशोधन बहुमतले पारित

423 Shares

काठमाडौं, ३ भदौ । संघिय प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बुहमतले विहिवार पारित गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक माथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेको हो ।

प्रतिनिधि सभाको बैठकमा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक माथि प्रतिनिधि सभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधि सभाले पहिलोपटक गत साउन १६ गते उक्त विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

राष्ट्रपतिबाट साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । आज उक्त विधेयक माथि छलफल भई पुनः बहुमतले पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार