समयमा लिलाम नहुदा करोडौंको राजस्व प्रभावित, भन्सार कार्यालयमा थन्काइएको सवारीसाधनहरु कवाडी बन्दै

रौतहट, १० फागुन । विभिन्न मुद्दामा बरामद भएको सवारीसाधनहरु कयौं महिना देखि गौर भन्सार कार्यालयमा दाखिला भएपनि समयमै लिलाम नहुँदा नेपाल सरकारको करोडौंको राजस्व प्रभावित बनेको छ ।
सुरक्षाकर्मीहरुले विभिन्न मालसामानहरु सहित बरामद गरेको सयौं सवारी साधनहरु कयौं महिना देखि गौर भन्सार कार्यालयको हाता भित्र खुला अकाशमुनी राखिएको अवस्थामा करोडौ मुल्य बराबरका सवारीसाधानहरु लिलामीको आवश्यक प्रक्रियाहरु अघि नबढ्दा कुहिदै गएको हुँदा नेपाल सरकारको राजस्व प्रभावित बनेको हो ।
विगत चार वर्ष देखि थन्किएको मोटरसाइकल, जिप, सहितको सवारीसाधनहरु समयमै लिलाम हुन नसक्दा भन्सार परिसरमा रहेको सवारीहरु कवाडकै रुपमा परिणत हुन थालेको छ । चोरी निकाशीको क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार दाखिला गरेको सवारीसाधन कुहिदै कौडीको मुल्यमा विक्री हुने अवस्थामा पुगेका छन् ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट, भन्सार सुरक्षा गार्ड तथा भन्सार कार्यालयको परिसरमा राखिएको उक्त सवारीसाधनहरु वर्षेनी आउने बाढीका कारण कवाडको रुपमा भएको बताउँदै भन्सार प्रमुख सुशिल प्रसाद शर्माले आफु कार्यालयमा आउँदा लिलाम प्रक्रिया अघि बढाउने योजना बनाए पनी कारोना महामारीको कारण गर्न नसकिएको जानकारी दिए ।
भन्सार कार्यालयमा ६ सय ४३ वटा मोटरसाइकल, एउटा ट्रक सहित ५० भन्दा चार चक्के जिप, पिकअप भ्यानहरु रहेको जानकारी दिदै प्रमुख शर्माले चालु आर्थिक वर्षमा लिलाम प्रक्रिया अघि बढाउने बताए ।