यितेन्द्र शर्मा
दक्षिणी छिमेकी भारतले आफ्नो स्वाधिनताको ७५ औ वर्ष हर्ष एंव उल्लासका साथ मनाएको छ । भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसलाई “आजादिका अमृत महतोत्सव“ को रुपमा वर्ष भरी नै मनाएको छ । प्रगतिशिल भारतको ७५ वर्षको सफल यात्रा र यस अवधिमा भएका मानवीय प्रयासहरु पनि उल्लेखनीय नै छन् । राजधानी काठमाण्डौमा नेपालका लागि भारतका राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराएर औपचारिक रुपमा उदघाटन गर्नुभयो । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देशलाई पनि पढेर सुनाउनु भयो ।
राष्ट्रपतिको सन्देशमा भारतले विगत ७५ वर्षमा विभिन्न क्षेत्रमा गरेको प्रगतिका बारेमा प्रकाश पार्दै भारतको स्वतन्त्रताका लागि आफ्नो ज्यानको आहुती दिने स्वतन्त्रता सेनानी प्रति श्रद्धान्जलि अर्पित गरिएको भारतिय नियोगले जनाएको छ । समारोहमा राजदुतले भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकका विधवा तथा आफन्ताजनलाई २ करोड ६५ लाख रुपैया बक्यौता प्रत्येक परिवारलाई बुझाउनु भयो । समारोहमा दुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रिय विद्यालय काठमाडौका शिक्षक तथा विद्यार्थीहरुले देश भक्ति गित र नृत्य प्रस्तु्त गरेका थिए ।
स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोसेढुङ्गाको स्मरणमा भारत सरकारको आजादीको अमृत महोत्व मार्च २०२१ देखि १५ अगस्त २०२३ सम्म जारी रहनेछ । आजादिका अमृत महोत्सवका ७५ वर्षको स्वतन्त्रता र भारतीय जनता संस्कृति र उपलब्धि हरुको गौरवशाली इतिहास मनाउन र स्मरण गर्न भारत सरकारको पहल हो । यो महोत्सव भारतका जनतालाई समर्पित छ । भारतले यसको विकास यात्रामा अहिले सम्म ल्याउनमा मात्र भुमिका खेलेको छैन्न । अहिले तिनिहरुमा शक्ति र क्षमता प्रदान गरेको छ । आत्मनिर्भर भारतले विगतमा केही दशकमा उल्लेखनिय प्रगति गरेको छ । आर्थिक प्रगति, सुचना प्रविधि, अन्तरिक्ष र विज्ञानमा भएको प्रगति विश्वमै प्रशंसनिय छ ।