291
Shares
सर्लाही, ३ भदौं । भन्सार छलेर ल्याएका कपडा यात्रुबाहक बसमा राखेर काठमाडौ तर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले हरिवनबाट करिव १० लाख मूल्य बराबरको कपडा विहिवार राति नियन्त्रणमा लिएको छ ।
महोत्तरीको गौशालाबाट काठमाडौं तर्फ जाँदै गरेका प्रदेश .३–०१–००६ ख ०७४४ नम्वरको यात्रुबाहक बसबाट भन्सार छलेर भित्रयाइएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको हरिवन बेसले उक्त बसलाई गएराति ८ बजेको समयमा चेकजाँच गर्दा करिव १० लाखको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालको १० नम्वर गण सर्लाहीले जनाएको हो ।
बरामद गरिएको कपडामा दुई हजार पाँच सय थान टिसर्ट रहेका थिए । बरामद गरिएको टिसर्टलाई आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालको १० नम्वर गणका एसपी भरत खनियाँले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन