चन्द्रपुर, ५ भदौं । कुटपिट गर्दा गम्भीर घाईते भएका वृद्धको मृत्यु भएको विषयलाई लिएर आक्रोशित बनेका स्थानीय बासिन्दाहरुद्धारा आईतवार ५ घण्टा सम्म पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ४ का ७७ बर्षिय वृद्ध राम गोपाल घिमिरेलाई वडा नम्वर ५ का अजय चौधरीले कुटपिट गर्दा गम्भीर घाइृते भएका थिए । निजको उपचारको क्रममा आज विहान काठमाडौंको शिक्षण अस्पताल महराजगञ्जमा मृत्यु भएपछि आक्रोशित बनेका स्थानीय बासिन्दाहरु ५ घण्टा सम्म राजमार्गमा टायर बालेर अवरुद्ध बनाउदा सयौं सवारी साधनहरु दुईतर्फी जाममा परेका थिए ।
स्थानीय प्रहरी प्रशासनले भोली विहान वार्तामा बसेर समस्या समाधान गर्ने सर्तमा चर्काजाम राति ८ बजे देखि खुलेको थियो । चक्का जामका कारण लामो तथा सानो दुरीका सवारी साधनहरु जाममा परेका थिए भने एम्बुलेन्स तथा बोलबमको सवारीसाधनलाई आक्रोशितहरुले जान दिएको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन