काठमाडौं, ५ भदौं । आइएमई पे र दराज बीच “दराज वालेट डे” को लागि सम्झौता भएको छ ।
दुवै भएको सम्झौता अनुसार हरेक बुधवार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुटको रिडिम भाउचर पाउने व्यवस्था मिलाइएको आइएमई ग्रुपद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको हो ।
यो एपको प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु तथा यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि रहेका छन् ।
दराज नेपाल र आइएमई पे बीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।
दराजको बारेमा ः
नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकहरुमा दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम शपिङ एक्स्पिरियन्स प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी समान देखि लिएर लुगा–फाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको समान सम्म सबै किनमेल गर्न सक्नेछन् ।