कोरोनाको बहानामा चीनले फेरी नाका बन्‍द गर्‍यो

391 Shares

यितेन्‍द्र शर्मा

वि.स.2072 सालमा आएको भुकम्‍पको बहानामा बन्‍द रहदै आएको चिनिया नाका विगत 3 वर्ष यता कोरोनाको कारण ठप्‍प छ र आयात पनि प्रभावित हुदै आएको छ । तातोपानी र केरुङ्ग नाका फेरी बन्‍द भएका छन् । तिब्‍बत क्षेत्रमा कोरोना संक्रमण बढेको बहानामा चीनले आईतबार देखि रसुवा नाकाबाट हुने निर्यात रोकेको छ भन्‍ने बुधवार देखि तातोपानी नाकाबाट आयात पनि रोकेको छ । आयात रोकिनु अघि सम्‍म नाकाबाट प्रतिदिन 14 चिनिया कन्‍टेनर सामान आयात भइरहेको थियो । नाका बन्‍द भएपछी ब्‍यापारीक सामान तिब्‍बतमै रोकिएका हुन् । नेपाल ल्‍याउन लोड भएका समान केरुङ्गमा रोकीएको ब्‍यपारिको आरोप छ । 50 कन्‍टेनर समान नेपाल लाउन लोड भएर राखिएको थियो । ति कन्‍टेनरमा तिज र दशैका सामान लोड थिए तर रोक लगाइएको छ । गत वर्ष पनि नेपाली ब्‍यपारीहरु यसरी नै मार्कामा परेका थिए ।

कोरोना कालमा पनि तातोपानी नाकाबाट 77 करोड राजस्‍व संकलन भएको थियो । स्‍वास्‍थ्‍य प्रोटोकलको पालना गर्दै आयात जारी थियो । भुकम्‍प पछि चिनीयाहरुकै इच्‍छामा तातोपानी नाका धेरै पटक बन्‍द हुने र खुल्‍दै आएको छ । तातोपानी नाका भुकम्‍पछी भौतीक सरचनामा संगै ब्यपारीक रुपमा अब्‍यवस्‍थित बन्‍यो । चीन जस्‍तो विशाल अर्थतन्‍त्रका लागी तातोपानी नाका र अरनिको राजमार्गको पुनःनिर्माण असम्‍भव थिएन । पटक पटक नाका बन्द हुने गरेका कारण डेढ हजार जति माल बाहक कन्‍टेनर, 28 साय चालक र 5 हजार मजदुर परिवार बेरोजगार छन् । भर्खरै परराष्‍ट्रमन्‍त्री डा.नारायण खडकाको चीन भ्रमण सकिएको छ र चीनले सिमानाका सुचारु हुन दिने प्रतिबद्धता पनि ब्‍यक्‍त गरेको छ तर ‍ब्यवहारमा अहिले सम्‍म देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार