प्रदेश प्रमुख झालाई गढीमाईमा भव्य स्वागत

   १० फाल्गुन २०७७, सोमबार १७:१८  

तराई टप संवाददाता
रौतहट, १० फागुन । प्रदेश नम्वर २ को प्रमुखमा पदभार ग्रहण गरेपछि राजेश झा (अहिराज) ले सोमवार रौतहटको गढीमाई मन्दीरमा पुजा अर्चना गरी गाउँवासी संग भेटघाट गरेको छ ।
प्रदेश २ को प्रमुखमा रहेका तत्कालिन तिलक परियारलाई नेपाल सरकारको मन्त्री परिषदले हटाउने र राजेश झालाई नियुक्त गर्ने सिफारिस राष्ट्रपति कार्यालयबाट भएका थिए । प्रदेश प्रमुखको पदभार ग्रहण गरी सोमवार जन्मस्थल रौतहटको गढीमाई नगरपालिका ३ सुन्दरपुर स्थित गढीमाईको मन्दीरमा पुजा अर्चना गरेको हो ।

पुजा अर्चना पछि गाउँवासी संग भेटघाट गर्दै उनले टाउकोमा देश र मनमा मधेश रहेको बताउदै म माथि विश्वास गरेर दिइएको जिम्मेवारी संविधान अनुरुप पूर्ण पालनाका साथ निर्वाह गर्ने बताए ।
प्रदेश प्रमुख झालाई गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नपाको तर्फबाट भव्य स्वागत गर्दै २०५ किलो ग्रामको सयपत्रीको माला ओढाएर सम्मानित गरिएको गढीमाई नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै