भारतीय विदेशमन्त्री जयशंकर र युक्रेनी समकक्षी संग संबाद

214 Shares

नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले रुस संग चलिरहेको द्वन्दबाट युक्रेनको अवस्था कस्तो रहेको छ त्यस विषयमा युक्रेनी विदेश मन्त्री संग संबाद गरेको छ ।
विदेश मन्त्री एस जयशंकरले सोमबार युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबासँग कुरा गरे र रुससँगको द्वन्द्वको हालैका घटनाक्रम र यसको निरन्तर विश्वव्यापी नतिजाबारे छलफल गरे।

जयशंकरले कुलेबालाई भारतीय मानवीय सहायताको अर्को खेप छिट्टै युक्रेन पुग्ने आश्वासन पनि दिए । राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (NSAB) का अध्यक्ष पीएस राघवन सहित तीन भारतीयको नाम युक्रेनी सरकारी एजेन्सीले तयार पारेको सूचीमा देखा परेको केही हप्तापछि यो कुराकानी भएको हो ।

भारतले युक्रेनको संकट कूटनीति र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार