ढाका । तस्करीको माध्यमबाट अबैध रुपमा बंगलादेशमा भित्र्याएको ठूलो परिमाणमा चिनियाँ रक्सी बरामद गरिएको छ ।
बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको बंगलादेशी संचारमाध्यमले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएको हो ।
चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली दस्तावेजहरु तयार पारिएका थिए । बंगलादेशी आयातकर्ताले पोलिस्टरको धागो भन्दै रक्सी बंगलादेशतर्फ ल्याएको बताइएको छ ।
बंगलादेश लाइभ नामक समाचार संस्थाका अनुसार ती रक्सी पाँचवटा कन्टेनरमार्फत् बंगलादेश ल्याइएको र यसबाट बंगलादेश सरकारलाई ६० देखि ७० करोड टका हानी भएको दाबी गरिएको छ ।
यसअघि पनि चीनबाट बंगलादेशतर्फ ठूलो परिमाणमा सामानहरु तस्करी हुने गरेको बताइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन