पुर्व पश्चिम राजमार्गको लमहा जंगलमा दुर्घटनामा परेका घाईतेलाई आफै उद्धार गरेर अस्पताल पुर्याए प्रदेश २ को प्रमुख झा

   ११ फाल्गुन २०७७, मंगलवार १३:३९  

तराई टप संवाददाता
रौतहट, ११ फागुन । दुई वटा मोटरसाइकल एक आपसमा जुधेर छटपटाई रहेको अवस्थामा सोही बाटो भएर गइरहेका प्रदेश २ को प्रमुख राजेश झा (अहिराज) ले उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याएको छ ।
मंगलवार बिहान दुइ वटा मोटरसाइकल ठोक्कीएर चार जना घाइते भए । संयोग वस प्रदेश २ का प्रमुख डा. राजेश झा त्यही बाटो जादै थिए । उनी एक कार्यक्रममा सहभागी हुन मंगलवार बिहान जनकपुरबाट बाराको जीतपुर जादै गरेको अवस्थामा चन्द्रपुर निजगढ सडक खण्डको जंगलमा बिहान साढे १० बजे दुइवटा मोटरसाइल ठोक्कीएर दुर्घटना भइ चारजना घाइतेहरु छटपटाइरहेको उनले देखे ।
पुर्व पश्चिम राजमार्गको रौतहटको लमहा जंगलको लच्का नजिकै ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुइवटा मोटरसाइकल एक आपसमा जुधेर ठोक्कीदा सुरज पहरी, जित बहादुर पहरी , बिकाश यादव, चित्ररेखा यादव घाइते भई बाटोमै छटपटाई रहेको अवस्थमा जितपुर जादै गरेको प्रदेश प्रमुख झाले गाडीबाट ओर्लिएर उनीहरुलाई तत्काल उद्धार गराई अस्पताल पुर्याएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
राजमार्गमा प्राय ः प्रहरीको स्कटीङमा सवार भिआइपीहरु चाँडै गन्तव्यमा पुग्ने हतार भईरहेका हुन्छन्, दुर्घटनामा परेकाहरुलाई आनाकानी गरेर भाग्ने प्रयासमा हुन्छन् तर वाराको जितपुर तर्फ जाने क्रममा बाटोमा दुर्घटना भएका चार जना व्यक्तिलाई छटपटी रहेको अवस्थामा हेरेर जिप रोक्न लगाई आफु र सुरक्षाकर्मीबाट उद्धार गराएको कार्यबाट प्रदेश प्रमुख माथि जनताको विश्वास धेरै बढेको बताइएको छ ।
घाइतेलाई देख्ने बितिकै स्कटीङमा हुइकिइहेका प्रमुख झाले गाडी रोक्न लगाए आफु घाइते बोक्न खटीए । आफ्नो सुरक्षामा खटीएका एकजना सुरक्षाकर्मी घाइतेको साथ लगाएर अस्पताल सम्म पठाए । नागरिकको सुरक्षा पहिलो जिम्मेवारी रहेको र अन्य कार्यक्रम भन्दा पनि नागरीकको ज्यान बचाउने कार्य पहिलो प्राथमिकता आफनो रहेको हुँदा सडकमा छटपटाइरहेका घाइतेहरु लाइ तत्काल अस्पताल पुर्याउन सहयोग गर्नु हरेक नागरीकको कर्तव्य रहेको प्रदेश प्रमुख झाले प्रतिकृया दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै