पाकिस्तान । आतंकबादको जननीको रुपमा परिचित रहेका पाकिस्तानमा पनि आतंकबादी घटनाहरु भइरहेकाे सुन्दा कुनै आश्चर्य मान्नु पर्दैनन किन भने अरुको लागि खाल्डो खन्ने एक दिन त्यो खाल्डोमा आफै खस्नु पर्छ ।
पाकिस्तानी सरकारले जारी गरेको तथ्यांक अनुसार यस वर्षको पहिलो ६ महिनामा पाकिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी ४३४ वटा हिंसात्मक आक्रमण भएका छन् । सन् २०२२ को प्रारम्भीक ६ महिनामा पाकिस्तानमा भएका आक्रमणबाट ३२३ सुरक्षाकर्मीको मृत्यु भएको छ भने अरु ७ सयभन्दा धेरै घाइते भएका छन् ।
पाकिस्तानको गृह मन्त्रालयले संसद्मा प्रस्तुत गरेको तथ्यांकमासुरक्षाको अवस्था नाजुक रहेको पाइएको पाकिस्तानका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै आक्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएका छन् । सो प्रान्तमा सुरक्षा बललाई लक्षित गरी २४७ वटा आक्रमण भएको जनाइएको छ ।
त्यसैगरी बलोचिस्तान प्रान्तमा १७१ यस्ता आक्रमण भएका छन् भने सिन्ध प्रान्तमा सुरक्षाकर्मीलाई लक्षित गरी १२ वटा आक्रमणका घटना भएका छन् ।
मुलुकमा आतंकवाद र साम्प्रदायिक हिंसाको उच्च जोखिम रहेको समेत संसद्मा प्रस्तुत आन्तरिक मामिला मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।