इशलामाबाद । आर्थिक मन्दीको अबस्थाबाट गुज्रिरहेको पाकिस्तानमा विद्युत कटौतीको विरोधमा मानिसहरु सरकारको विराेधमा सडकमा उत्रिन बाध्य भएका छन् ।
पाक नियन्त्रित कश्मीरमा बढ्दो विद्युत कटौतीको विरोधमा हजारौ मानिसहरु सडकमा उत्रिन विवश भएका हुन् ।
पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शनको आयोजना गरिएको छ ।
जम्मु कश्मीर राष्ट्रिय विद्यार्थी महासंघ जेकेएनएसएफको अगुवाईमा कश्मीरको पुञ्ज क्षेत्रमा विद्युत कटौतीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
प्रदर्शनकारीले आफ्नो क्षेत्रमा लोडसेडिङ बढ्न थालेको र विद्युत महशुलमा सरकारले अतिरिक्त कर लगाएको आरोप लगाएका छन् ।
प्रदर्शनकारीले सरकारले आफूहरुविरुद्ध ज्यादती एवम् राज्य आतंक मच्चाएको समेत आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्दै महासंघले राजनीतिक प्रतिद्वन्द्वीहरुलाई लक्षित गरी सरकारले धरपकड गरेको आरोप लगाएको छ ।
महासंघले आफ्नो प्रदर्शनमा विभिन्न मजदुर संगठन, विद्यार्थी संगठन एवम् नागरिक समाजको साथ रहेको दाबी गर्दै प्रदर्शनलाई निरन्तरता दिइने जनाएको छ ।
पाकिस्तानमा बढ्दो आर्थिक समस्याका कारण दशौँ लाख मानिसहरुले विद्युत कटौतीको सामना गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन