296
Shares
रौतहट, ८ भदौ । घिरौला टिप्न गएकी महिलालाई छाती फलामको रड घोचिदा मृत्यु भएको छ ।
रौतहटको कटहरिया नगरपालिका ५ बलिरामपुर घर भएकी ३८ बर्षिया रुक्सानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
मंगलबार साँझ आफ्नै घरको छतमा तरकारी टिप्न गएकी खातुनको छातीमा रड घोचिएका थिए । घरको भुइँतल्ला निर्माण भएर बारीबाट घरको छतमा घिरौलाको लहराले छपक्क छोपिइसकेको पिलरमा फलेको घिरौला टिप्न जाँदा चिप्लिएर छडमै लड्न लडिदा उक्त घटना भएको थियो ।
छातीमा छड घोचिएपछि खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको रौतहट प्रहरीको प्रवक्ता सुनिल मलले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन