चन्द्रपुरमा वृहत जातीय भेषभुषामा सज्जिएर प्रतिगमन विरुद्ध प्रदर्शन

   ११ फाल्गुन २०७७, मंगलवार १६:२३  

तराई टप संवाददाता
रौतहट, ११ फागुन । नेकपा दहाल नेपाल समुह संग आबद्ध रहेको आदिवासी जनजाती तथा विभिन्न जनवर्गिय संघहरुद्धारा मंगलवार सरकारको तिव्र आलोचना गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरिएको छ ।
दहाल नेपाल संग आबद्ध रहेको मगर सघ, आदिवासि थारु संघ, नेपाल निषाद संघ, अखिल नेपाल महिला संघ लगायत विभिन्न जनवर्गिय संघसंगठनहरुद्धारा चन्द्रपुरमा बिरोध प्रदर्शन गरिएको हो ।
सोमबार रौतहटको कटहरिया नगरपालिकाको वडा नं ५ मा उक्त समूहको चौथो चरणको आन्दोलनको लागि क्षेत्रीय अगुवा कार्यकर्ता बैठक बसेर फागुन ११ गते चन्द्रपुरमा बृहत जातीय भेषभुषामा सज्जिएर प्रतिगमन बिरुद्ध पहिचान सहितको प्रदर्शन गरिने निर्णय भए अनुसार आज प्रदर्शन गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै