एनएलजी इन्स्योरेन्स कम्पनी र इ–वीमा बीच सम्झौता

220 Shares

काठमाडौं, १० भदौं । नेपालको पहिलो डिजिटल वीमा सेवा प्रदायक इ–वीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड वीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यसरी सम्झौता गर्ने इ–वीमाको पहिलो व्यवसायीक कम्पनी बनेको हो । इ–वीमाको प्लेटफर्म मार्फत अनलाइनबाट इ–वीमा खरिद गर्न सकिने व्यवस्थापन उक्त सम्झौता अनुसार गरिएका छन् । इ–वीमाको प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर भएका हुन् ।
हस्ताक्षरित सम्झौता आदान प्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्स सँगको पछिल्लो सहकार्यमा नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख बताए ।
इ–बीमा सँग गरिएको सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले स्पष्ट पारे । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता रहेको बताउँदै इ–बीमा सँग गरिएको यो सम्झौता पछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे । बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र त्यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्धता जनाए ।
इ–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक–स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । इ–बीमाको सेवा गैर–जीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबै भन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रूपमा संलग्न रहेका छ । इ–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको कुरा इ–वीमाद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार