काठमाडौं, १० भदौं । आइएमई डिजिटल सोलुसनले “क्यूआर डे विथआइएमई पे अफर” पुन ः संचालनमा ल्याएका छन् ।
आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्धित आइएमई पे ले गत असारमा संचालनमा ल्याएको “क्यूआर डे विथआइएमई पे अफर” फेरी संचालनमा ल्याइएको आइएमई ग्रुपद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएका हुन् ।
पुन संचालन गरिएको उक्त भदौं १० गते अर्थात आज शुक्रवार देखि कम्पनीले खुलाएको छ । पुरानो संस्करण जस्तै यस पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
१ दिनको लागि मात्र लागु हुने यो अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोग कर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ । अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँने छन् भने पियर्स टु पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यास व्याक नपाउने आईएमई पे ले जनाएको छ ।