गरुडा, १० भदौं । गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद कलवारको विशेष सक्रियतामा मातहतका विद्यालयहरुमा विभिन्न सामग्रीहरु वितरण गरिएको छ ।
नगरप्रमुखमा विजय भएकै दिन देखि नगरवासीहरुको हित एवं समृद्धिका लागि निरन्तर रुपमा क्रियाशिल रहेका कलवारले नगरक्षेत्र भित्रमा रहेका विद्यालयहरुमा चाहिने आवश्यक सामग्रीहरु पुर्याउने अभियान अन्तर्गत दिवा खाजाको लागि भाडा कुडाहरु र छात्राहरुलाई चाहिने सेनेटरी प्याड वितरण गरेको हो ।
शिशु कक्षा देखि लिए कक्षा ५ सम्मको छात्रछात्राहरुलाई दिवा खाजा संचालनका लागि आएको रकमबाट उक्त समाग्री नगर प्रमुख कलवारले वितरण गरेको गरुडा नगरपालिकाले जनाएका छन् ।
आर्थिक बर्ष ०७८–७९ को लागि प्रारम्भिक बाल बिकास देखि कक्षा ५ सम्मको छात्रछात्रहरुलाई दिवा खाजा संन्चालनका लागी आएको रकमबाट उक्त समाग्री नगर प्रमुखले बिहिबार नगरपालिकामै वितरण गरेको उक्त कार्यक्रममा उप–प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि, नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादव, बिद्यालयका प्राधानाध्यापक र शिक्षा संयोजक लगायत मानिसहरुको रोहबरमा सो सामग्री बिद्यालयका प्राधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।
दिवा खाजाको लागी आएको ३ करोड २४ लाख ३६ हजार मध्ये २ करोड ७६ लाख ४५ हजार ४ सय १३ रुपैँया पुर्व मेयर ईन्नु राय यादबले दिवाखाजा कार्यक्रम नचलाउँदा फ्रिज भएको थियो । बाकी रहेको रकम नवनिर्वाचित जनप्रतिनिधिहरुको आगमन पछी दिवाखाजा संचालनमा ल्याईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।