रौतहट, १० भदौं । समाजवादी पत्रकार संगठन पहिलो स्थापना दिवशको अवसरमा रौतहट सदरमुकाम गौरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
शुक्रवार विहान प्रादेशिक अस्पताल गौरमा उपचार गराइरहेका विरामीहरुलाई फलफुल वितरण गरियो ।

शुक्रवार दिउसो स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरका नगरप्रमुख शम्भु साहले पत्रकार सधैभरी सत्यको पक्षमा एक भएर कलम चलाउनु पर्दछ, पत्रकार समाजको आइना हो, समाज सुधार एवं परिवर्तनका सम्बाहकको रुपमा रहेका संचार क्षेत्र अहिले जुनसुकै संघसंगठन संग आबद्ध किन नहोस सत्य निष्पक्ष एवं निर्भिक भएर समाचार लेखि समाजलाई सहि दिशा प्रदान गर्नुपर्ने उत्तरदायित्व पत्रकार माथि रहने गरेको बताए ।
पत्रकारिताको आडमा केही यसलाई बदनाम गर्ने तत्वहरु सक्रिय रहेको तथा अनावश्यक कुराहरु समाजिक संजालमा लेखेर आफनो दुनो सोझ्याईरहेकाहरुलाई पनि सत्यमार्गमा ल्याउने दायित्व महासंघको रहेको उनले जिकिर गरे ।
गौर नगरमा शिक्षाको स्तर निकै घटिसकेको बताउदै देशकै चौथो विद्यालयको रुपमा रहेका जुमावीमा शिक्षा भन्दा बढि आर्थिक अनियमितता एवं ग्यांग फाइटको अखाडा बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यहाँको शिक्षालाई सुधार गर्न ठूलो चुनौती रहेको बताए । वर्तमान प्रधानाध्यापकको केही समयमै अवकाश हुने भएको हुँदा उनलाई अनतै सरुवा गर्न नमिल्ने कानुनी प्रावधान रहेको अफसोस व्यक्त गरे ।
आफू मेयर भएपछि जुमावीको अवस्था किन यस्तो भयो, शैक्षिक अवस्था किन खस्कियो भने विषयमा पूर्व प्रअ सहित केही समाजसेवीहरुलाई राखेर एउटा छानविन समिति बनाएका थिए । उक्त समितिले नगरपालिकामा रिपोर्ट पेश गर्दा वर्तमान प्रअ चन्देश्वर राउतको पालामा ९९ लाखको आर्थिक अनियमिता भएको जनाएको छ । नगरपालिकाले आवश्यक कानुनी उपचारको लागि तयारी थालेको स्पष्ट पारे । गौरमा धेरै झोले विद्यालयहरु पनि संचालनमा छन् तर त्यसलाई विभिन्न राजनीतिक दलको संरक्षण प्राप्त भएको हुँदा कारवाही गर्न निकै चुनौती रहेको दुखेसो पोखे । जे भएपनि आफू गौरको शिक्षा क्षेत्रलाई पूर्ण रुपमा सुधार गरेर छाड्न प्रतिबद्धता जनाए ।
समाजवादी प्रेस संगठनको जिल्ला अध्यक्ष दिनेश यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा, समाजवादी पत्रकारको केन्द्रीय सदस्य शैलेन्द्रकुमार गुप्ता, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा, पत्रकार प्रभातकुमार झा, प्रेस चौतारी नेपाल एवं महिला पत्रकार विणा श्रीवास्तव, समाजवादी पत्रकार मधेश प्रदेशका उपाध्यक्ष प्रवीण शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन