259
Shares
लाहौर । पाकिस्तानमा भईरहेका भारी बर्षाबाट ठूलो जनधनको क्षति भएको छ सोही क्रममा पाकिस्तान नियन्त्रित बलुचिस्तान प्रान्तमा भारी बर्षाको कारण अन्य स्थानबाट सञ्चार सम्पर्क विच्छेद भएका छन् ।
पाकिस्तानमा अचानक बाढीको बीचमा, रातभरको वर्षाले बलुचिस्तान प्रान्त र देशको बाँकी भागहरु बीचको सञ्चार सम्पर्कहरू विच्छेद भएको अधिकारीहरूले शुक्रबार भनेका हुन् । भारी वर्षाका कारण आएको बाढीका कारण बलुचिस्तानमा हवाई, सडक र रेल सञ्जाल पहिले नै ठप्प रहेको छ । सरकारले विपद्का कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको जनाएको छ ।