सर्वोच्चबाट प्रतिनिधि सभा पुनरस्थापना, १३ दिन भित्र संसदको बैठक बोलाउने, प्रम ओलीको निर्णय बदर

840 Shares

तरार्ई टप संवाददाता
काठमाण्डौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधि सभा विघटन भएको मुद्दामा सुनवाई हुदा सर्वोच्च अदालतले संसद पुनरस्थापना गर्ने आदेश दिएको छ ।
मंगलबार गरिएको एतिहासिक आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश दिएको हो । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई बदर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार