माधवनारायणको सखुअवामा जनता प्रगतिशिल पार्टीको वडा समिति गठन

385 Shares

रौतहट, ११ भदौं । जनता प्रगतिशिल पार्टीको माधवनारायण नगरपालिकामा सहदेव राय यादवको अध्यक्षतामा १६ सदस्यीय वडा समितिको गठन गरिएको छ ।
माधवनारायण नगरपालिका वडा नम्वर ३ सखुअवा गाउँमा शनिवार गठन भएको वडा समितिको अध्यक्षमा सहदेव राय यादव, उपाध्यक्षमा विनिता कुमारी, उपाध्यक्ष रामपुकार साह, सचिव निरुजन राय यादव, सदस्यहरुमा मुकेश राय यादव, प्रविण कुमार यादव, काजल कुमारी साह, मण्डुवती यादव, सुरेश साह, रामविनोद साह, मृगेन्द्र यादव, जगत राय यादव, हफिनी साह, सागर प्रसाद यादव, साहेव राय यादव र संजय राम रहेको हो ।
जनता प्रगतिशिल पार्टीका केन्द्रीय सदस्य श्रीमननारायण मिश्रको प्रमुख उपस्थितिमा केन्द्रीय नेता श्यामबाबु यादवको रोहवरमा उक्त वडा समिति चयन गरिएको छ । नवगठित समितिलाई बधाई दिदै संगठन बलियो बनाउदै आउदो निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा मेहनेत गरेर जनता माफ स्थापित गराउनुपर्नेमा केन्द्रीय सदस्य मिश्रले जोड दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार