महन्थ ठाकुर सहितका लोसपाका नेताहरु नगरिकता विधेयकको विषयलाई लिएर राष्ट्रपति भण्डारी संग भेट

454 Shares

काठमाडौं, ११ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष सहितका नेताहरुले नागरिकताको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी संग शनिवार शीतल निवासमा भेटघाँट गरेका छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लगायतका नेताहरु श्निवार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर नागरिकता विधेयक वारे राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।
नेताहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड (वास्तविक) नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनुहुन्न ।’ प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्नु नपर्ने बताएका थिए ।
जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ÷क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् । ‘उहाँले सकारात्मक कुरा नै गर्नुभएको छ’, छलफलमा सहभागी लोसपाका नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार