आउदो महिना चिनियाँ प्रधानमन्त्री लि को नेपाल भ्रमण हुने

476 Shares

नेपालमा चिनियाँ प्रभाव कम हुदै गएपछि चीनको कम्युनिष्ट सरकार निकै चिन्तीत बन्दै विभिन्न समयमा आफना दुतहरुलाई नेपाल पठाउन क्रमलाई निरन्तर रुपमा जारी राखेको छ यसैक्रममा चिनियाँ नेताहरु नेपाल आउन निकै ललायित बन्दै गएको बताइएका छन् ।
चिनियाँ विदेश मन्त्री नेपाल आएको चार महिना नबित्दै चिनियाँ प्रधानमनत्री लि खछयांग आउदो महिना नेपाल आउने भएका हुन् । नेपालमा चिनियाँ नेताहरु सक्रियाता बढिरहको वेला चिनियाँ उच्च पदस्थको रुपमा रहेका चिनियाँ प्रधानमन्त्री आउन लागेको विशेष श्रोतले दाबी गरेको छ ।
चिनिया प्रधानमन्त्रीको भ्रमण गराउन दुवै देशका नेताहरु सक्रिय रहेका छन, स्रोतले भन्यो । दुई महिनापछि हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैछ । त्यसअघि बिदाई भेटका रुपमा लि छिमेक भ्रमणमा आउन लागेको अनुमान गरिएको छ ।
भ्रमणका क्रममा उनले नेपालको सपनाका रुपमा रहेको चिनियाँ रेल ल्याउने योजनालाई द्रूतगतिमा अघि बढाउन महत्वपूर्ण घोषणा गर्नसक्ने स्रोतको दाबी छ ।
अहिले कम्युनिष्ट नेता प्रकाण्ड चीन भ्रमणमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु चीन भ्रमणमा जाने गरेको अवस्थामा अहिले चिनियाँहरु नेपाल भ्रमणका लागि लालायीत देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार