श्रीलंकालाई सहयोग गर्न भारत सधै तयार रहेको ः भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको अभिव्यक्ति

484 Shares

नयाँ दिल्ली । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गरेर आर्थिक अवस्था सुधार गर्न भारत तयार रहेको बताएकी छिन् ।
आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभावबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत तयार रहेको राष्ट्रपति मुर्मुले जनाएकी हुन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको छिमेकी प्रथम नीति अनुसार भारत सहयोगका लागि तयार रहेको उनको भनाइ छ ।
‘निकट छिमेकीका रुपमा भारत श्रीलंकाका जनताहरुलाई चुनौतिको सामना गर्नका लागि सहयोग गर्न तयार रहेको छ ।’ मुर्मुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
उनले दुई मुलुकबीच लामो समयदेखि कायम द्विपक्षीय साझेदारी पनि निरन्तर जारी रहने अपेक्षा व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार