बाढीबाट पाकिस्तानको अवस्था नाजुक, अन्तरराष्ट्रिय समुदाय संग सहयोगको अपिल

311 Shares

पाकिस्तान, १२ भदौ । अत्याधिक बर्षा संगै आएको बाढीले देशभर वितण्डा मच्चाएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।
पाकिस्तानलाई हालसम्म अमेरिका, यूएई, संयुक्त राज्यलगायत अन्य देशहरूले आर्थिक सहयोग गरिसके भएपनि सो रकम अझै अपुग हुने पाकिस्तानको गृह मन्त्रालयका अधिकारीले बीबीसीसँग कुराकानी गर्दै जानकारी दिएको हो ।
जुन महिना यता देशमा हालसम्म बाढीमा परेर १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौँ मानिसहरु विस्थापित भएको सलमान सुफीले जानकारी दिए । उनले जनतालाई सहायता गर्न पाकिस्तानको सरकारले हर सम्भव प्रयास गरिरहेको बताए ।
बाढीबाट सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वामा अवस्था सबैभन्दा खराब छ । अहिले सम्म सिन्धमा सबैभन्दा बढी ३३९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । प्रधानमन्त्री शाहबाज सरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरी जनतालाई सहयोग गर्न ३८ अर्ब पाकिस्तानी रुपैयाँ घोषणा गरेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाले बलुचिस्तानको भ्रमण गरेका छन् ।
बाढीका कारण उत्पन्न अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले सोमबार सर्वदलीय बैठक बोलाएका छन् तर प्रमुख प्रतिपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफलाई बैठकमा सहभागी हुन आमन्त्रण नगरिएको एक्सप्रेस पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार