काठमाडौं, १२ भदौं । काठमाडौंमा दुई चिनियाँ फिल्मको सुटिंग हुने भएको छ । एक फिल्ममा नेपाली र चिनियाँ निर्माताले संयुक्त रुपमा निर्माण गर्न जनाइएको हो ।
बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ अन्तर्गत आयोजित समारोहमा यस्तो सहमति भएको छ । नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ यु बीच फिल्म निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
चिनियाँ फिल्म ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ नामक फिल्म नेपालमै सुटिङ हुने भएको हो । चिनियाँ र नेपाली निर्माता बीचको सहकार्यमा फिल्म ‘भृकुटी’ पनि निर्माण हुने भएको छ । शुक्रबार नै यो फिल्म बनाउने बारे दुई पक्षबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर समेत भएको बताइएको छ ।
फिल्म ‘भृकुटी’ निर्देशन सुवर्ण थापाले गर्ने भएका छन् । यसको लेखन पनि थापा स्वयं र तेजेन्द्र शेरचनले गर्ने भएका छन् । थापा निर्देशित फिल्म ‘राधा’ लाई शुक्रबार नै चीनको राजधानी बेइजिङमा समेत प्रदर्शन गरिएको छ । चाइना पर्फमेन्स अफ इन्डष्ट्रिज एसोसिएसनको समन्वयमा आयोजित उक्त फेस्टिभलमा फिल्म प्रदर्शन गरिएको हो ।
फिल्म सुटिंग र निर्माण सँग सम्बन्धित उक्त भर्चुअल समारोहमा निर्देशक थापा र गायिका आनी छोइङ डोल्माले पनि महोत्सव र चिनियाँ दर्शकप्रति सद्भाव व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन