रौतहट, १२ भदौं । कोभिड–१९ महामारीको समय देखि बन्द भएको नेपाल–सीमा क्षेत्रमा चल्ने सवारीबाहक अटोरिक्साहरु संचालन नहुँदा स्थानीय बासिन्दाहरु निकै सास्ती खेप्दै आएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा ओहरदोहर गर्ने अटोरिक्साहरु संचालन नहुँदा किनमेल गर्ने देखि लिएर उपचार गराउन जाने वा आफन्त कहाँ जाने तथा भारत र नेपालको विभिन्न स्थानमा काम गरेर फर्किनेहरु अहिले निकै सास्ती खेप्दै आएका हुन् ।
गौर बैरगनिया गर्ने सर्वसाधारण देखि लिएर हुनेखाले यात्रुहरु सवारी साधन नचल्दा पैदल यात्रा गर्न बाध्य भएको छ । सामान लिएर आउदा निकै अप्ठ्यारोको सामना गर्नुपरेको हुँदा यात्रुबाहक अटोरिक्साहरु निर्वाध रुपमा संचालन हुनुपर्ने विगत महिनौं देखि माग उठाउदै आएपछि संचालन आउन नसक्दा उनीहरुलाई निकै कष्ट भोग्नुपरेका छन् ।
कोभिड–१९क महामारीको संक्रमण सुरु भएको २०७६ चैतको ११ गते देखि नेपाली र भारतीय प्रशासनले सिमाक्षेत्रमा टेम्पो, इ–रिक्सा, निजी सवारीसाधन आवतजावतमा रोक लगाएको थियो । भारत स्थित बैरगनियाको स्थानीय प्रशासनले सीमा क्षेत्रमा दुवै देशका सिटी रिक्सा चलाउन रोकेको थियो ।
कोभिड–१९ महामारीको जोखिम कम भएपछि सीमा क्षेत्रमा निजी सवारीसाधनलाई चल्न दिइए पनि तीनपांग्रे सवारीलाई खुला गरिएको छैन । अहिले पारीबाट सीमा क्षेत्रको बैरगनिया हुँदै गौर आउने यात्रु र सामान किनमेल गर्न जानेहरू काँध, टाउकोमा सामान बोकर ल्याउने र आउने गर्नुपर्ने विवशता कायम रहेको छ । बिरामीले समेत पैदलै सीमा पार गर्नुपर्छ । भारतीय बैरगनिया बजारबाट यात्रुलाई सीमा क्षेत्रभन्दा केही वर नै ल्याएर भारतीय इ–रिक्सा, टेम्पोले छाड्दिन्छन । त्यहाँबाट झन्डै आधा किलोमिटर सम्म यात्रु पैदलै हिँड्न बाध्य छन् । वारी गौर भन्सार गेटभन्दा एक सय मिटर वरै तीनपांग्रे सवारीसाधन रोकिन्छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भारतीय पक्षले कोभिडकै बेला तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाए पनि अहिलेसम्म खुला नगरेको बताए । ‘यसले दुवै देशका नागरिकलाई समस्या परेको उनले भने । हामीले अब सञ्चालन गर्न दिनुस् भनेर अनुरोध गरेका छौं,’ ‘भारतको सीमा क्षेत्रका स्थानीय प्रशासनले माथिको आदेश कुरेर बसेका छौं भनेर जवाफ दिन्छन । अब केही दिनभित्रमा खुला हुने विश्वास व्यक्त गरे ।’
गौर–बैरगनिया नाका हुँदै यात्रुबाहक सार्वजनिक सवारीसाधन पुन ः सुरु गर्न गौरका नगर प्रमुख शम्भु साहले पहल थालेको बताए । यसका लागि भारतीय समकक्षी सँग टेम्पु चालकलाई सहमतिमा ल्याउन विभिन्न विकल्प बारे छलफल गरेको उनले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन