733
Shares
इस्लामावाद । जुनको मध्य महिना देखि पाकिस्तानमा भईरहेको अविरल बर्षा संगै आएको बाढीको कारण पाकिस्तानमा जलप्रलय आएको छ ।
पाकिस्तानी दैनिक अख्वार डनले रिपोर्ट गरेको छ कि “असामान्य मनसुन वर्षाका कारण आएको बाढीले पाकिस्तानको आधा भन्दा बढी भाग पानीमुनि छ र लाखौं मानिसहरू घरबार विहीन भएका छन” ।
पाकिस्तानका जलवायु परिवर्तनका संघीय मन्त्री शेरी रहमानले राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको तथ्याङ्कलाई ट्वीट गरे कि अगस्ट २७ सम्म ३३ मिलियन मानिसहरू प्रभावित भएका छन् र १०४१ जनाको मृत्यु भईसकेका ।