रौतहट, १३ भदौ । अनाथ बालबालिकाहरु संग पत्रकार अभिमन्यु पटेलले आफनो जन्मदिन मनाएको छ ।
रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष एवं मधेश प्रदेश अनलाइनका संचालक समेत रहेका पत्रकार पटेलले आफना जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग गरुडा स्थित बंशीराम जयसवाल अनाथालय आश्रममा मनाएको हो ।
निरन्तर रुपमा गरिव एवं असाहायलाई सहयोग गर्दै समाजमा आफना छुटै पहिचान बनाउन सफल जिल्लाको परोहा नगरपालिका वडा नं. ८ मोतीपुर नरकटिया निवासी युवा पत्रकार अभिमनु पटेलले आफना जन्मदिनको अवसरमा बंशीराम जयसवाल अनाथालय गरुडामा विभिन्न खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन् ।
जन्मदिनका नाममा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसाथ गर्दै पत्रकार पटेलले आफ्नो जन्मदिनको अवसरमा बंशीराम जयसवाल अनाथालय गरुडामा रहेका ३१ जना अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरी प्रशंसनीय एवं उदाहरणीय काम गरेको बताइएको छ।
चामल, दाल, चिउरा, सोयावीन, नुन, खानेतेल, दालबुट, कपडा धुने साबुन, नुहाउने साबुन, सर्फ, चोकोपन लगायत विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
अनाथ आश्रम, बृद्धा आश्रम वा दलित बस्तीमा रहेको गरिब असहाय परिवारमा खाद्यान्न सामाग्री, लत्ताकपडा जस्तो सामाग्री वितरण वा सहयोग गर्नु नै उपयुक्त हुनेछ भनी आफुले उक्त सामाग्री सहयोग गरि समाजमा अन्य व्यक्तिहरूले होटलमा होइन जसको संसारमा कोही छैन त्यस्तोको लागि केही गर्नु भने पटेलले आग्रह गरे ।
पटेल सशक्तीकरण मंच केन्द्रीय सदस्य, हिन्दु परिषद नेपाल रौतहट प्रवक्ता, भिजिट मधेश नेपाल रौतहट संयोजक, समाजसेवी, गरिबहरूको लागि सधैं एक कदम अगाडि उभिने तथा मधेश प्रदेश कै युवा चर्चित पत्रकार पटेलले जन्मदिनको अवसर पारी उक्त अनाथ तथा टुहुरा बालबालिकाहरुका लागि सानै भएपनि सहयोग गरेको बताएका छन् ।
पटेलले जन्म दिनको अवसरमा खाद्यान्न सामाग्री सहयोग गरेर अनाथ तथा टुहुरा बालबालिकाहरुसँग त्यहीँ केक काटेर रमाइलो गरी आफ्ना जन्मदिन मनाएका हुन् ।
समाजमा पछिल्लो समय भड्किलो रुपमा मनाउने जन्मदिन भन्दा टुहुरा बालबालिकाहरुलाई सहयोग गरेर मनाउदा आफुलाई समेत रमाईलो लागेको पटेलको भनाई छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन